निरन्तर वर्षाले अन्नपूर्ण र रुपाको सडक सञ्जाल अवरुद्ध
कास्की | साउन १७, २०७९
पोखराः शनिबार दिउँसोदेखिको निरन्तर वर्षाले कास्कीका विभिन्न स्थानमा सवारीसाधन आवागमनमा अवरोध पुगेको छ ।
अहिले रुपा गाउँपालिकास्थित गैरीपोखरी सडक खण्डमा सडक भाँस्सिदा बेगनासबाट लमजुुङको भोर्लेटार जाने यातायात सेवा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा २५ मिटर सडक खयड डेढ फिट भाँस्सिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिकाअन्तरगत नयाँपुल घान्द्रुक उल्लेरी जाने पक्की बाटो पनि अवरोध भएको छ । बिरेठाटी सामुदायिक बनको पाखाको २५ मिटर माथिबाट गएको पहिरोले बाटो पूर्णरुपमा अवरोध भएको छ ।
यस्तै, पोखरा वडा नम्बर २९ को घोघोतेस्थित पृथ्वी राजमार्ग खण्डमा नहरको पानी सतहमा आउँदा अवरोध भएको छ । उक्त क्षेत्रमा सडक खुलाउन हाल उक्त पानि पावरहाउसबात तालचोक डाइभर्सनतर्फ मोड्ने काम भइरहेको जिप्रका कास्कीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

