त्रिशुलीमा माइक्रो वस खस्दा १८ जना घाइते

काठमाडाैं | साउन १६, २०७९

त्रिशुलीमा माइक्रो वस खस्दा १८ जना घाइते

चितवन ।    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भेर्लेमा माइक्रो वस त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएका छन् । चार जना गम्भीर घाइते भएका छन् ।  नारायणगढबाट धादिङतर्फ जाँदैगरेको बा ३ ख ८५८८ नम्वरको माइक्रो बस सडकखण्ड अन्तर्गत भरतपुर–२९, स्थित भोर्लेबाट त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

 

घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर छ भने बाँकीको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । अपरान्ह ४:१५ बजे भएको दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

 

घाइतेहरुको परिचय अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेलाई जुगेडीस्थित अस्थायी प्रहरी पोष्टबाट गएको टोलीले उद्धार गरेको थियो । घाइतेहरुको विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्