सार्वजनिक शिक्षा सुदृढीकरणमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध: मन्त्री थापा

पाेखरा | फागुन ८, २०८१

सार्वजनिक शिक्षा सुदृढीकरणमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध: मन्त्री थापा

पोखरा:   गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुणस्तरीय, समावेशी, प्रविधिमैत्री तथा व्यावसायिक शिक्षा प्रणाली निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।


विहिबार पोखरामा एनसिई नेपालद्वारा आयोजित “गण्डकी प्रदेश स्तरीय सार्वजनिक शिक्षा सम्मेलन २०८१” लाई सम्बोधन गर्दै मन्त्री थापाले शिक्षा सुधारका लागि नीति निर्माण मात्र नभई प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे । उनले प्रदेशभर सार्वजनिक शिक्षाका अवसर, चुनौती तथा आवश्यक रणनीतिबारे गहन छलफल गरिएको जानकारी दिए ।


“शिक्षा कुनै एक संस्था वा निकायको मात्र दायित्व होइन, यो सरकार, सरोकारवाला निकाय, शिक्षाविद्, शिक्षक, विद्यार्थी तथा अभिभावक सबैको साझा प्रयासको परिणाम हो। सार्वजनिक शिक्षालाई सुदृढ गर्न यस्ता बहस र विचार–विमर्श अत्यन्त आवश्यक छन्”, उनले भने ।  


गुणस्तरीय शिक्षाका लागि गण्डकी प्रदेश सरकारले प्रभावकारी नीति तथा कार्यक्रममार्फत सुधार ल्याउने योजना अघि बढाइरहेको उनले उल्लेख गरे । “सबै बालबालिकाले समान अवसरसहित शिक्षाको पहुँच प्राप्त गर्ने वातावरण सिर्जना गर्नु हाम्रो प्रमुख लक्ष्य हो”, उनले थपे।


मन्त्री थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन सरकार, शिक्षा क्षेत्रमा क्रियाशील संघसंस्था, शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायको सहकार्य आवश्यक रहेकोमा जोड दिए । 


उनले यस्ता सम्मेलनहरूले नीति निर्माण र कार्यान्वयनमा प्रभावकारी योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सम्मेलन सफल बनाउन भूमिका खेलेका सम्पूर्ण सहभागी, आयोजक संस्था तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् ।
 

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्न...

थप पढ्नुहोस्

काठमाडौं:  हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका बुधबार अनुसार  दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सुरकुहिरो मध्याह्नसम्ममा ...

थप पढ्नुहोस्

तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । ...

थप पढ्नुहोस्