डिपेन्डेन्ट भिषामा युके लैजान्छु भन्दै ठगी गर्ने २ जना पक्राउ
पाेखरा | फागुन २, २०८१
पोखरा: नक्कली फेसबुक आईडी बनाएर विभिन्न प्रलोभन देखाई डिपेन्डेन्टमा युके लैजान्छु भनेर ठगी गरेको आरोपमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
डिपेन्डेन्टमा युके लैजान्छु भनेर ६लाख १ हजार ९ सय ५५ रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले काभे्रपलान्चोक घर भएका २ जनालाई काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
फेसबुकमा नेहा गुरुङ नामको फेक आईडी बनाएर साथी बनाई विभिन्न कुराकानी तथा प्रलोभन देखाई डिपेन्डेन्ट भिषामा युके लैजान्छु भनेर ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार काभ्रेपलान्चोक चौडी देउराली गाउँपालिका ७ स्थायी घर भएका १९ वर्षीय मनिष भुजेल र भुम्लु गाउँपालिका ४ घर भएका २१ वर्षीय निशान पहारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ठगी आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धीमा मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

