कास्की: १ सय ५३ फरार प्रतिवादी पक्राउ, चेक अनादर मुद्धाका सबैभन्दा बढी
कुन मुद्धामा कति जना पक्राउ ?
पाेखरा | फागुन १, २०८१

पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले गत माघ महिनामा १ सय ५३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
विभिन्न मुद्धामा दोषी ठहर भएका ति प्रतिवादीहरुलाई फैसला कार्यान्वयनका लागि कारागार चलानका लागि अदालतमा बुझाइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्सपेक्टर अविनाश दिप जिसीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा १ सय २५ जना पुरुष र २८ जना महिला रहेका छन् ।
पक्राउ पर्नेहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र नगद रु १ करोड ५२ लाख ४८ हजार ८ सय ८६ जरिवाना असुल गर्नुपर्ने बताइएको छ ।
पक्राउ परेकाहरुमध्ये ९६ जना चेक अनादर मुद्धा, १४ जना लागू औषध सम्बन्धि मुद्दा, १८ जना बैंकिङ कसूर मुद्धा, ५ जना अभद्र व्यवहार मुद्दा, २ जना न्यूनस्तरको खाद्य उत्पादन विक्री गरेको सम्बन्धी मुद्धा, २ जना स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धि मुद्धा, १ जना सवारी ज्यान मुद्धा, १ जना कुटपिट मुद्धा, ४ जना जालसाझी मुद्धा, १ जना लेनदेन मुद्धा र ९ जना चोरी मुद्धामा दोषी ठहर भएका थिए ।
काठमाडौं: उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र ब...
मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहाद...
काठमाडौं: देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता ...