प्रकाश मानवअधिकार पुरस्कार राजुरामलाई

काठमाडाैं | साउन १४, २०७९

प्रकाश मानवअधिकार पुरस्कार राजुरामलाई

 

काठमाडौँ:   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २८औँ प्रकाश मानवअधिकार पुरस्कार राजुराम भुललाई प्रदान गर्ने भएको छ ।

 

 इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील सुर्खेतको दशरथचन्द नगरपालिका–४ का भुललाई उक्त पुरस्कारबाट सम्मानित गर्न थालेको जानकारी गराउनुभयो ।

 

इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले भुललाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेको थियो । इन्सेकका संस्थापक महासचिव स्व प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो ।

 

नेपालको मानवअधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायत क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसका अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । उक्त पुरस्कार हरेक वर्ष एक जनालाई प्रदान गरिँद आइरहेको छ । अहिलेसम्म २७ जना सम्मानित भइसक्नुभएको पनि इन्सेकले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यतामा साउन १६ गते काठमाडौँमा आयोजित कार्यक्रममा भुललाई पुरस्कृत गरिने जनाइएको छ ।

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

थप पढ्नुहोस्

काठमाडौंः   डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।  विदेश जान मरिहत्ते ग...

थप पढ्नुहोस्