‘सकारात्मक कामलाई व्यवस्थित गरौँ’

काठमाडाैं | साउन १४, २०७९

‘सकारात्मक कामलाई व्यवस्थित गरौँ’

 

काठमाडौँ:    नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका सकारात्मक कामलाई व्यवस्थित ढङ्गले जनतामा लैजान जरूरी रहेको बताउनुभएको छ । उहाँले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पुर्याउने र अन्तरपार्टी व्यवस्थापन गर्ने काममा तत्काल लाग्नसमेत निर्देशन दिनुभयो ।

 

एमाले लुम्बिनी प्रदेशस्तरीय सङ्गठन व्यवस्थापन तथा परिचालन विषयक दुईदिने कार्यशालामा आज प्रशिक्षणमूलक मन्तव्य दिँदै उपाध्यक्ष पौडेलले एमालेले स्थानीय चुनावमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा कार्यक्षेत्रको सुझाव, जित्न सक्ने सम्भावना र जितिसकेपछि पनि अनुचित काम नगर्ने व्यक्तिलाई प्रथमिकता दिई टिकट वितरण गर्ने पार्टीको नीति रहेको स्पष्ट पार्नुभयो । 

 

पार्टी केन्द्रीय कमिटीका सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले सुधारको कुरा हरेक कमिटीबाट सुरू गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । एमाले केन्द्रीय सङ्गठन विभागका प्रमुख खगराज अधिकारीले एमाले योग्यतापूर्वक सङ्गठन सञ्चालन गर्ने पार्टी रहेको दाबी गर्नुभयो ।

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्