‘अर्थतन्त्र चलायमान बनाउन दिगो र व्यावसायिक कृषि जरुरी’

विराटनगर | साउन १४, २०७९

‘अर्थतन्त्र चलायमान बनाउन दिगो र व्यावसायिक कृषि जरुरी’

 

विराटनगर:    प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले सहकारी क्षेत्रलाई कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिकोत्सवमा उहाँले बढ्दो आयातलाई प्रतिस्थापन गर्न सहकारीलाई कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

 

“कृषि प्रधान मुलुकमा कृषिजन्य वस्तुकै आयात बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “बचत तथा ऋणमा दर्ता भए पनि कृषिक्षेत्रलाई प्रवद्र्धन हुने गरी लगानी गर्न म आग्रह गर्छु ।” सहकारीहरूले गर्ने लगानी उत्पादनमुखी ​कार्यमा बढी केन्द्रित हुनसके मात्र मुलुकको अर्थतन्त्र सबल बन्दै जाने उहाँको भनाइ थियो ।

 

राज्यको तीनखम्बे अर्थनीतिको एउटा खम्बाका रूपमा सहकारी रहेकाले राज्यको आवश्यकतानुसार सहकारी ढल्नुपर्नेमा उहाँले जोड दिनुभयो । सहकारीमा समस्या हुनुका साथै केही विकृति बढेको चर्चापरिचर्चा हुन थालेकाले उहाँले जटिलता र समस्याका बारेमा छलफल नगरे सहकारी क्षेत्रले अपेक्षाकृत गति लिन नसक्ने जनाउनुभयो ।

 

कार्यक्रममा हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गालले संस्था स्थापनाको छोटो अवधिमै संस्थाले रु दुई अर्बको वासलात बनाउन सफल भएको जानकारी दिनुभयो । संस्थाको हाल रु १७ करोड ५० लाख शेयर पूँजी, रु ९० करोड ७५ लाख बचत सङ्कलन र रु एक अर्ब ७५ लाख ऋण लगानी रहेको छ । संस्थाले झापा, मोरङ र इलाम जिल्लामा ३० वटा सेवा केन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा हाल २४२ कर्मचारी कार्यरत छन् ।

 

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका सञ्चाल शिव डाँगी, नेफ्स्कुनका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकाल, बिर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्ली दाहललगायतले संस्थाको प्रगतिको थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

पोखरा:   पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित आर्थिक वर्ष २०८१÷२०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।  स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै वि...

थप पढ्नुहोस्

काठमाडौं:  तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ तुर्कमनेबासी अन्त...

थप पढ्नुहोस्

गण्डकी:  लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।  यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्...

थप पढ्नुहोस्