भीमकाली क्लब पोखराको अध्यक्षमा मदनलाल श्रेष्ठ

पाेखरा | माघ १९, २०८१

भीमकाली क्लब पोखराको अध्यक्षमा मदनलाल श्रेष्ठ

पोखरा:    भीमकाली क्लब पोखराको पाँचौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशनले मदनलाल श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । शनिबार पोखरा–१ बगरमा क्रियाशिल क्लबको पाँचौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।


क्लबको उपाध्यक्षमा अनिस गुरुङ, सचिवमा चाइनिज गुरुङ, कोषाध्यक्षमा किरण अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा अन्जन देवकोटा, युनिका तामाङ, आयुषा सुनार, निश्चल गुरुङ र स्नेहा साई चयन भएका हुन् ।

 

निर्वाचन समिति संयोजकमा अधिवक्ता विष्णु प्रसाद आधिकारी त्यसैगरी सदस्यहरु कल्पना पराजुली (रोजि) र शोभा गुरुङ थिए ।


यसअघि कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्वर १ वडाध्यक्ष शाहारा प्रधानले उद्घाटन गरे । उनले क्लबले समाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै निर्वाचित नयाँ कार्यसमितिलाई क्लबलाई सामाजिक दायित्वमा गर्ने गतिविधीमा वडामा साथ रहने प्रतिवद्धता व्यक्त गरे ।


सो अवसरमा क्लवका संस्थापक अध्यक्ष विम्ब कवि प्रज्ञा रमेश श्रेष्ठ र संस्थापक कोषाध्यक्ष युसफ श्रेष्ठलाई सम्मान गरिएको थियो । उनीहरुलाई क्लवका विभिन्न गतिविधिमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष कृष्ण बहादुर गुरुङले जानकारी दिए ।


कार्यक्रममा सम्मानित व्यक्तित्व विम्ब कवि प्राज्ञ रमेश श्रेष्ठ, दिप युनाइटेड क्लबका अध्यक्षका बिष्णु गुरुङ, भीमकाली टोल विकास समिति अध्यक्ष कल्पना पराजुली ’रोजी’, लागु पदार्थ नियन्त्रण तथा समाज सुधार समिति अध्यक्ष कल्पना आचार्य बास्तोला, क्लवका सल्लाहकार दिल प्रसाद गुरुङ, राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा लगायतले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा बोलेका थिए ।

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्