गण्डकी दोस्रो क्वालिफायरमा प्रवेश

पाेखरा | माघ १८, २०८१

गण्डकी दोस्रो क्वालिफायरमा प्रवेश

पोखरा:    एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । 


पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल क्लबलाई ३–१ ले पराजित गर्दै गण्डकीले दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो ।


पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन जित निकाल्दै दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित ग¥यो । गण्डकीले पहिलो सेट ३१–३३ ले गुमाएको थियो । 


गण्डकीले १६–११ को अग्रतालाई जोगाउन नसक्दा पहिलो सेट गुमाउनु प¥यो । तर, दोस्रो, तेस्रो र चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्न सफल भयो । गण्डकीले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–१६ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो । 


अब गण्डकीले फाइनल प्रवेशका लागि शनिबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मीले पहिलो क्वालिफायरमा नेपाल पुलिस क्लबसँग ३–२ सेटले पराजित भएको थियो ।


यसअघि शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ महिलातर्फ फाइलनमा प्रवेश गरेको थियो । 


पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइनल प्रवेशका लागि टिपटक न्यू डायमण्ड स्पोर्टस् क्लबसँग प्रतिष्पर्धा गर्नेछन् ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्