बसको ढोकाबाट खस्दा पोखराका संजीव महराको मृत्यु

तनहुँ | माघ ६, २०८१

बसको ढोकाबाट खस्दा पोखराका संजीव महराको मृत्यु

तनहुँ:   पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ ।  

    
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बसका सहचालक पोखरा महानगरपालिका–२८ बस्ने बर्ष २६ का संजीव महरा रहेका छन् ।  


बसको ढोकाबाट खसेर सख्त घाइते महराको दमौली अस्पतालमा उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । 

    
बा ४ ख ५८०१ नम्बरको बस बाग्लुङको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । 


बसका चालक जिल्ला चितवन भरतपुर नगरपालिका–२४ बस्ने बर्ष ३९ का सानु कान्छा मुक्तान र बस इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेका छन् । 

पोखरा:    पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ ।  वडा कार्यालयले आयोजना गरेको चार दिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालि...

थप पढ्नुहोस्

काठमाडौं:    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताउनुभएको छ ।      अर्थ म...

थप पढ्नुहोस्

काठमाडौं:    प्यालेष्टिनी इस्लामी समूह (हमास)को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धककोे नाम सार्वजनिक गरेको छ ।  यससँगै सम्झौताको मध्यस्थकर्ता अमेर...

थप पढ्नुहोस्