पोखरा सडक महोत्सवको सांगीतिक उत्सव: न्यू ईयर ईभमा उज्जन शाक्य पनि गुञ्जिने
पाेखरा | पुस ९, २०८२
पोखरा: पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् ।
रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभमा अहिलेका भाइरल उज्जन श्रेष्ठको व्याण्डले लाईभ प्रस्तुती दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीतहरु गुञ्जाउने बताए ।
सो दिन न्यू ईयर ईभमा एक्स नेपथ्य पनि गुञ्जिनेछ । तीन दशकपछि पोखरामा गुञ्जिने सो व्याण्डका स्थापनाकालीन गायकहरु गायकहरु रविन श्रेष्ठ र गौतम गुरुङले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । जहाँ रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु प्रस्तुत गर्दैछन् । त्यस्तै, गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित प्रस्तुत गर्नेछन् ।
न्यू ईयर ईभको साँझमा नेपथ्यसँगै डि–मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । सो दिन अहिलेकी भाईरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माको विशेष प्रस्तुती रहनेछ । न्यू ईयर ईभलाई स्पेसल बनाउन उनले अहिलेको भाइरल छिकिरी छिकिरीलगायतका गीतहरुमा डान्स प्रस्तुती दिनेछिन् ।
पोखरा कोमागाने पार्कमा हुने कार्यक्रम अन्तर्ग पुस १५ गते साँझ चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । सो साँझ स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । त्यस्तै, केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतहरु गुञ्जाउने छन् ।
सो दिन चक्र व्याण्ड पनि ब्लाष्ट हुनेछ । सो दिन दिउँसो भने प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुती रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए ।
त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

