नागरिकता विधेयक खारेजीको माग, हस्ताक्षर संकलन गर्दै अनेरास्ववियुको विरोध
पाेखरा | साउन १२, २०७९
पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले नागरिकता विधेयक खारेजीको माग गर्दै क्याम्पसको प्रवेशद्वारमा हस्ताक्षर संकलन गरेको छ ।
प्रतिनिधि सभाले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेपछि अनेरास्ववियुले क्याम्पस प्रवेशद्वारमा विरोध जनाउदैँ आज (बिहिबार) हस्ताक्षर संकलन गरेको हो ।
विधेयकमा उल्लेखित बाबुआमा नभेटिएको नाबालकले वंशजको नागरिकता पाउने, बिहे लगत्तै नागरिकता दिइने, महिला र पुरुषका लागि फरक प्रावधान जस्ता विवादित तर संवेदनशील विषयमा पुनविचार गनुपर्ने अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष विष्णु पोखरेलले बताए । उनले भने,‘यो सरासर राष्ट्रघाती विधेयक हो, यसलाई तुरुन्त खारेज गरिनुपर्छ ।’
नेपाल नागरिकता ऐन २०६३ को दफा ३ संसोधन गरेर संसदबाट पारीत गरेको नागरिकता विधेयक अनुसार नेपालका नागरिकसँग विवाह गरि स्वदेशमै बस्दै आएका अन्य देशका नागरिकहरुले सजिलैसँग नागरिकता प्राप्त गर्ने प्रावधान रहेको छ ।
अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले संकलन गरेको हस्ताक्षर अभियानमा क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा नागरिकहरु गरि चार सय बढीले हस्ताक्षर गरेका थिए ।

नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

