पोखरा मोटो– ईन्डुरो क्रस च्याम्यिपयनसीपको उपाधि नदिने जगत र सोनिक पक्राउ

पाेखरा | पुस २२, २०८१

पोखरा मोटो– ईन्डुरो क्रस च्याम्यिपयनसीपको उपाधि नदिने जगत र सोनिक पक्राउ

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी सम्बन्धी मुद्धामा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीपको उपाधि नदिएर ठगी गरेको आरोपमा आइतबार २ जनालाई पक्राउ गरेको हो । 


पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीपका सञ्चालक तथा निर्देशक अछाम घर भई पोखरा ६ जरेबर बस्ने ३१ वर्षीय जगत डोली र पोखरा राईडर्स क्लबका अध्यक्ष पोखरा प्रस्याङ बस्ने २९ वर्षीय सोनिक क्षेत्रीलाई ठगी सम्बन्धी कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


उनीहरुले पोहोर चैत २३ र २४ गते पोखरा राईडर्सको आयोजनामा पोखरा–२३ बाम्दीमा पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप २०८१ सञ्चालन गरेर प्रतियोगीबाट दर्ता शुल्क बापत १७ हजार लिएर विजेता हुने खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार घोषणा गरेपनि आयोजक पुरस्कार रकम नदिइ सम्पर्क विहिन भएको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् । 


पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्