विन्ध्यवासिनीबाट खैरो हिरोइनसहित २ जना पक्राउ

पाेखरा | पुस १९, २०८१

विन्ध्यवासिनीबाट खैरो हिरोइनसहित २ जना पक्राउ

पोखरा:  कास्की प्रहरीले अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा १ विन्ध्यवासिनी बस्ने ३७ वर्षीय निशाद श्रेष्ठ र पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने पर्वत कुश्मा नगरपालिका–४ घर भएका ३२ वर्षीय दिपक विक रहेका छन् ।

 

लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हिजो (बिहीबार) साँझ लागूऔषधसहित पक्राउ गरेको हो ।   

 

उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम र डाइजेपाम ३ एम्पुल, नुर्फिन २ एम्पुल बरामद गरेको छ ।

 

उनीहरुविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्