बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै
म्याग्दी | पुस १४, २०८१
म्याग्दी: बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम स्तरोन्नति भइरहेको छ ।
गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नति जारी छ ।
हाल सडक चौडा बनाउने, पानीको निकासका निम्ति नाली र भूक्षयबाट सडकलाई जोगाउन पर्खाल बनाउका साथै कालोपत्र गर्न ‘सवबेस’, ‘बेस’ राखेर सम्म्याइँदै छ ।
बाइस करोड ५७ लाखको लागतमा निर्माण सम्पन्न हुने यो सडक खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र पनि गरिने निर्माण कम्पनीले जनाएको छ ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने २४ किलोमिटर लामो यो सडक २०६३ मा खुलेको हो । बेनीबाट सिमसम्म १२ दशमलव पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेस्रो दिन हजारौ दर्शकले महोत्सवको अवलोकन गरे । महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी ...
पोखरा: पोखराको सेन्ट मेरीज स्कुलमा आयोजित १९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्रको सम्मेलन जारी रहेको छ । कार्यक्रमको दोश्रो दिन मनशा स्मृति सर्व गुणीय व्यक्ति पुरस्कार छनौटका लागि पहिलो चरणबाट छनौट भएक...
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

