आँखैमा झलझली ‘माछापुच्छ्रे’ (फोटोकथा)
पाेखरा | पुस १२, २०८१
कास्की: पर्यटकीय राजधानी पोखरा आसपासमा शाहसिक पदमार्ग निकै छन् ।
चर्चित एबिसी (अन्नपूर्ण आधार शिविर) पदमार्ग, यही कास्कीमै पर्छ । यसैगरी मर्दी पदमार्ग, कोरी पदमार्ग पनि कास्कीकै लोकप्रिय पदमार्गहरु मध्येकै नाम हुन् ।
यी पदमार्गपछि चर्चामा आएको अर्काे पदमार्ग खुमै–कोर्चाङ पदमार्ग हो । जुन अत्यन्तै छोटो र सुन्दर पदमार्गको रुपमा लोकप्रिय छ ।
कोरोना महामारीपछि ह्वात्तै चर्चामा आएको यस पदमार्गमा यस वर्षको सिजन सुरु भएसंगै पर्यटक पुग्न थालेका छन् । कोर्चाङ पुग्न विभिन्न रुटहरु छन् ।
ग्रेट माछापुच्छ्रे ट्रेल अन्र्तगत पर्ने खुमैडाँडा–कोर्चाङ पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ ।

पोखरादेखि मिर्सासम्म यातायातको व्यवस्था छ । त्यसपछि पाँचदेखि सात घण्टाको पैदलयात्रापछि खुमै पुगिन्छ ।
त्यो रात खुमै बसेपछि बिहान सबेरै उठेर २ घण्टा हिडेपछि कोर्चाङ पुगिन्छ । यस्तै अर्काे रुट लुम्रे क्षेत्रबाट भने, सिधैं कोर्चाङ जान सकिन्छ । जुन ३ हजार ६ सय ८३ मिटर उचाइमा छ ।
कोर्चाङबाट मन भरिनेगरि मनमोहक हिमश्रृंखलाको अवलोकन र प्राकृतिक सौन्दर्यतासँग पीरति साट्न सकिन्छ ।
तस्बिर: राकेश थापामगर/सुनगाभा न्यूज










काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

