पोखरामा आन्नद साई लागूऔषधसहित पक्राउ

पाेखरा | पुस ११, २०८१

पोखरामा आन्नद साई लागूऔषधसहित पक्राउ

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित आन्नद साईलाई पक्राउ गरेको छ । प्रहरीले साईलाई मंगलबार पोखरा–१ कस्केरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । 


‘पोखरा–१ कस्केरी बस्ने साईले लागूऔषधको कारोवार गर्ने गरेको सूचना पाएका थियौं’, सूचना अधिकारी शर्माले भने, ‘मंगलबार जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखाले साईको घरकोठा खानतलासी गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको हो । 


उनका अनुसार प्रहरीले साईको कोठाबाट डाईजापाम ४८ एम्पुल, फेनेरागन ४४ एम्पुल, नुर्फिन २० एम्पुल, ब्रुर्फिन नर्फिन २१ एम्पुल गरी १ सय ३३ एम्पुल र ३ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको हो । 

पक्राउ परेका साईको कोठाबाट प्रहरीले बरामत गरेको लागूऔषध


पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।  
 

पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

थप पढ्नुहोस्

गण्डकी:  पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ ।  राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...

थप पढ्नुहोस्

पोखरा:   आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ ।  पोखराको विभिन्न स्थानमा रहेक...

थप पढ्नुहोस्