नागरिक सुसुचित भएमात्र सरकार जवाफदेही बन्न बाध्य हुन्छ:  देउवा

काठमाडाैं | साउन ११, २०७९

नागरिक सुसुचित भएमात्र सरकार जवाफदेही बन्न बाध्य हुन्छ:  देउवा

 

काठमाडौं:   प्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताएका छन् । नागरिक शिक्षित र सुसूचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने बताउँदै उनले त्यसका लागि सञ्चारमाध्यमहरुले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी रहेको बताए ।

 

राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित कार्यालय भवनको बुधबार बिहान उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘नागरिक जति सुसुचित हुन्छन् सरकार त्यति नै जवाफदेही बन्न बाध्य हुन्छ । अतः नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमहरुले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी छ ।’ सत्य तथ्य सूचना प्रसारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने उनले बताए ।

 

तथ्यहीन, भ्रामक समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रम सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको प्रधान्मन्त्री देउवाको भनाइ छ ।

 

प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकताको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने पनि बताए ।

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्