पोखरा महोत्सवको सह-प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स

पाेखरा | मंसिर २८, २०८१

पोखरा महोत्सवको सह-प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स

पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स प्रालि रहने भएको छ । 


आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवलाई साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.ले महोत्सवको सह प्रायोजकको रुपमा रहेर सहयोग गर्ने भएको छ । 


साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.ले  पोखरामा रहेर घर, भवन, सडक, पुलहरु निर्माण संगै नक्सा डिजाइन सम्बन्धी काम गर्दै आइरहेका छ ।


साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.का प्रोपाइटर रिम बहादुर क्षेत्री र पोखरा महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा बीच पोखरा महोत्सवमा सहकार्य गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ ।


सो अवसरमा बोल्दै साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.का प्रोपाइटर रिम बहादुर क्षेत्रीले पोखरा महोत्सवलाई आफुले नजिकबाट नियाल्दै आइरहेको र यसअघिका संस्करणहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेकोमा यसपटक प्रत्यक्ष रुपमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए । 


पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लबले सामाजिक कामलाई निरन्तरता दिएको र त्यसमा आफु समेत सहभागी हुन पाउदा निकै गर्व लागेको उनको भनाइ रहेको थियो ।


त्यसैगरी युनाईटेड क्लबले निर्माण गर्न लागेको युनाईटेड छात्राबास निर्माणको लागि समेत आफ्नो कम्पनीबाट सक्दो सहयोग रहेने उनको भनाइ रहेको थियो ।  


सो अवसरमा बोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुुर थापाले विगतका संस्करणहरुमा समेत सहकार्य गर्दै आइरहेको साकुरा डिजाइनर एण्ड विल्डर्सले १३ औं संस्करणको महोत्सवमा सह प्रायोजकमा रही साथ दिदै युनाईटेड क्लबको परियोजना युनाईटेड छात्राबास निर्माणमा समेत सहयोगमा प्रतिवद्धता जनाएकोमा साकुरा विल्डर्स संगको सहकार्य निरन्तर रहने बताए ।


सो अवसरमा युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष सूर्य बहादुर  बानियाँ, क्लवका कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ, क्लबका सल्लाहकार रमेश बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्