सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
हुम्ला | मंसिर २८, २०८१
हुम्ला: खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई स्वच्छ एवं सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जिल्ला सदरमुकाम सिमकोट खानेपानी आयोजना वडा नं ५, ६ र ७ को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले जिल्लावासीलाई स्वच्छ, सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँ र समुदायको सुधारमा हातेमालो गरौँ । हामी सबैको सामूहिक प्रयासले जिल्लामा स्वच्छ र सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउनुपर्छ ।”
दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुत खानेपानी पहुँचको दिगो समाधानका लागि यस आर्थिक वर्षमा सरकारले महत्त्वपूर्ण योजना अगाडि सारेको मन्त्री यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “खानेपानी पहुँचको दिगो समाधानका लागि सरकार प्रतिबद्ध छ । यस कार्यमा समुदायको सहकार्य र समर्थन आवश्यक छ ।”
मन्त्री यादवले समुदाय (आधारित व्यवस्थापन) खानेपानी प्रणालीको दिगो सञ्चालन र व्यवस्थापनका लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने, जल स्रोतहरू जोगाइने स्पष्ट पार्नुभयो ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठले हुम्लामा खानेपानी प्रणालीको दिगोे सञ्चालन र व्यवस्थापनका लागि स्थानीय समुदायको सहभागिता सुनिश्चित गरिने बताउनुभयो ।
सो क्रममा हुम्लामा कम्तीमा पनि पाँच हजारभन्दा बढी घरधुरीमा सुरक्षित र स्वच्छ खानेपानी पुर्याउनुका साथै विद्यालय र स्वास्थ्य संस्थामा आधारभूत खानेपानी र सरसफाइको व्यवस्था गरेको जानकारी दिइएको थियो ।
हुम्लाको दुर्गम भूगोल चुनौतीपूर्ण भए पनि खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आवमा १७ वटा आयोजना कार्यान्वयन गरिरहेका र जसमा कूल आठ दशमलव पाँच करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

