कास्कीको मादीमा दुर्गालाई पेट्रोल छर्किएर आगो लगाउने उमेश पक्राउ
पाेखरा | मंसिर २८, २०८१
Photo: Kaski Police
पोखरा: कास्कीको मादी गाउँपालिका–५ ठुलास्वाराका ४८ वर्षीय दुर्गा बहादुर गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएको आरोपमा प्रहरीले उमेश राईलाई पक्राउ गरेको छ ।
हिजो (बिहीबार) आफ्नै घरमा बसिरहेको अवस्थामा गुरुङलाई एक्कासी पेट्रोल छर्किएर आगो लगाएर राई फरार भएका थिए ।
गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएर फरार भएको सूचनापछि खोजतलाजको क्रममा खोटाङ दिक्टेल रुपाकोट मझुवागढी नगरपालिका–१२ घर भएका राईलाई मादी गाउँपालिका–५ सुनपहेँली स्थित पुरानो स्कुलमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
डिएसपी शर्माका अनुसार आगो लागेर घाइते भएका गुरुङको किर्तिपुर बर्न अस्पतालमा उपचार भईरहेको छ । आगलागीबाट घाइते भएको गुरुङको पोखरास्थित पोखरा क्षेत्रीय अस्पतालबाट आज मणिपाल शिक्षण अस्पताल पठाएपनि थप उपचारको लागि काठमाडौं पठाइएको कास्की प्रहरीले जनाएको छ ।

गुरुङलाई पेट्रोल छर्किएर आगो लगाएको आरोपमा पक्राउ परेका राईको साथबाट प्रहरील ३ थान लाईटर, १ थान बोत्तल, ३ थान मोवाईल र १ थान लाईसेन्स बरामद गरेको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका राई पोखरा महानगरपालिका–१३ काहुँखोला बस्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...
काठमाडौँ: वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आर...
उदयपुर: सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

