पोखराको ढुङगेसाँघु, पट्नेरीमा कोटिहोम: सामाजिक अगुवाहरुको साथ समर्थन

पाेखरा | मंसिर २५, २०८१

पोखराको ढुङगेसाँघु, पट्नेरीमा कोटिहोम: सामाजिक अगुवाहरुको साथ समर्थन

पोखरा:    पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा विभिन्न राजनीतिक दल र सामाजिक संघ संस्थाले सहभागि भएर समर्थन जनाएका छन् ।


यज्ञ आयोजक अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले राजनीतिक दल, समाजका प्रतिष्ठित तथा समाजसेवी र महिला समूहरुको बाक्लो उपस्थिति रहेको जानकारी दिए । 


कोटिहोममा संघीय सरकारकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहभागी भएर समितिको धार्मिक क्षेत्र बनाउने योजनामा साथ र समर्थन व्यक्त गरेकी थिइन् । 


यस्तै प्रतिनिधि सभा सदस्य दामोदर बैरागी पौडेल, गण्डकी प्रदेश सभा सदस्य भीम कार्मी सहभागि भएर धार्मिक पर्यटकीय केन्द्र बनाउन आवश्यक सहयोग गर्ने बचन दिए ।  


यस्तै नेकपा माओवादी केन्द्रका नेता राजकाजी गुरुङ, समाजसेवी गंगा पोखरेल, वडानम्बर १५ का अध्यक्ष तोरण बानिया, वडासदस्य, समाजसेवीले र स्थनीय संघ संस्था र प्रतिनिधि कोटिहोममा पुगेका थिए ।  


यस्तै कोटिहोमको आठौँ दिन ठुलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो । 


यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले पोखरेलीहरुको सथा र सहयोगले कार्य सफलता तर्फ उन्मुख भएको बताए । 


यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि  धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो ।  अबको पाचँ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए ।


कोटिहोम जारी रहदा धाममा शिवालय मन्दिरको उद्याटन गरिएको छ भने, शवदहन स्थल (सेती नदी)  जाने बाटो (सिँढी)को शिलान्यस र शिव मन्दिर प्रवेश गर्ने मुलद्धारको शिलान्यस गरिएको छ । 


यस्तै महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटोको चन्दा दाताको हातबाट शिलान्यास गरिएको छ ।  


यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए । 
मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ । 
 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्