आदर्श कपमा सेमिफाइनल समिकरण पूरा
पाेखरा | मंसिर २५, २०८१
पोखरा: लेखनाथको भण्डारढिकमा जारी २५औं आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार एन्फा गोरखा र नेपाल प्रहरी गण्डकी प्रदेशको खेल सकिएसंगै सेमिफाइनल पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो ।
मंगलवार भएको खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशलाई २–१ गोलले पाखा लगाउँदै गोरखा जिल्ला फुटवल संघले सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको पहिलो हाफको ५५ औ मिनेटमा पहिलो गोल गर्दै एन्फा गोर्रखाका रिचार्ड अपेकाले टोलिलाई अग्रता दिलाएका थिए ।
खेलको दोश्रो हाफपछिको समयमा ७१ औ मिनेटमा नेपाल प्रहरीको तर्फबाट विवेक गुरुङले गोल फर्काउँदै खेललाई बराबरीमा पु¥याएका थिए । तर खेलको अन्तिम समयको ८४ औं मिनेटमा नेपाल प्रहरीका खेलाडीले फल गरेपछि पाएको पेनाल्टी सुट आउटको सदुपयोग गर्दै एन्फा गोरखाका देव गुरुङले गरेको गोल नै जितका लागि निर्णायक बनेको हो ।
खेलको म्यानअफ दी म्याच एन्फा गोरखाका आकाश थापा भए । उनले टर्फी सहित नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन ।
पहिलो सेमिफाइनलमा आयोजक आदर्श युवा क्लब र कास्की ११ विच हुनेछ भने दोश्रो खेल विहिवार सशस्त्र प्रहरी वल गण्डकी प्रदेश र एन्फा गोरखाका विच हुने क्लवका सचिव सन्तोष गुरुङले जानकारी दिएका छन् ।
प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजक आर्दश युवा क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।
‘निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

