१६ जुवाडे पक्राउ
काठमाडाैं | मंसिर २३, २०८१
काठमाडौं: काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुर समेत सात जना तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँ बस्ने हर्कबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत नौ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले दिलबहादुरको घरबाट पक्राउ परेकाहरुको साथबाट नगद रु ६३ हजार २८० र तीन बुक तास तथा दोर्जे लामाको घरबाट पक्राउ परेकाहरुको साथबाट नगद रु दुई लाख ९९ हजार ७४५ र तीन बुक तास बरामद गरेको छ ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

