उपप्रधानमन्त्री सिंहद्वारा मतदान
काठमाडाैं | मंसिर १६, २०८१
काठमाडौं: उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपलिका–१६ स्थित युवक मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसको सुदृढीकरणका लागि सबै मतदाता उत्साहपूर्वक मतदानमा सहभागी हुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित मुकुन्द रिजालको निधन भएपछि सो वडामा आज उपनिर्वाचन भएको हो ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

