सुन आयातमा भन्सार शुल्क समायोजनपछि व्यवसायीहरुले भने- ‘अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन्छ’

पाेखरा | मंसिर १३, २०८१

सुन आयातमा भन्सार शुल्क समायोजनपछि व्यवसायीहरुले भने- ‘अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन्छ’

पोखरा:  अर्थ मन्त्रालयले सुन आयातमा लगाइएको भन्सार शुल्क समायोजन गरेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने महासंघहरुले विश्वास गरेका छन् । 


नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले आज सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सुन आयातमा लगाइएको भन्सार शुल्क समायोजन भएपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरेका हुन् । 


नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सुन आयातमा २० प्रतिशत भन्सार शुल्क वृद्धि गरेपछि व्यवसायीहरुल विरोध गर्दै आएका थिए । 


अर्थ मन्त्रालयले केही दिन अगाडि सुन आयातमा लगाइएको भन्सार शुल्क समायोजन गरेपछि  निर्यात प्रवद्र्धन, रोजगारी विस्तार, राजश्व अभिवृद्धि आदिमा महत्वपूर्ण योगदान पुर्याइरहेको अवस्थामा भन्सार शुल्कमा गरिएको समायोजनले सुनचाँदी क्षेत्र साथ–साथै नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । 


विज्ञप्तीमा भनिएको छ‘नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२को बजेट मार्फत सुनको आयातमा लगाउदै आएको भंसार शुल्कमा अस्वाभाविक रुपमा वृद्धि गरी २० प्रतिशत पु¥याएकोले संपूर्ण गहना व्यवसाय नै धरासायी हुने अवस्था आएकोले पुरानै दर कायम राख्नुपर्ने साथै आवश्यक कानूनको तर्जुमा एवं निर्देशिका कार्यान्वयन हुनुपर्ने लगायतका मागहरु राखी महासंघहरुद्वारा संयुक्त रुपमा शान्तिपूर्ण विरोधका कार्यक्रमहरु महासंघहरु सहित नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आइरहेको थियो ।’


 

पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

थप पढ्नुहोस्

गण्डकी:  पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ ।  राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...

थप पढ्नुहोस्

पोखरा:   आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ ।  पोखराको विभिन्न स्थानमा रहेक...

थप पढ्नुहोस्