पोखरामा ध्वनी आतकं मच्चाउने २३ वटा बुलेट र क्रसफायर प्रहरीको नियन्त्रणमा
अधिकांशको सिट र साइलेन्सर पाइप परिवर्तन
पाेखरा | मंसिर ७, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीकाे सँयुक्त टाेलीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरीले गत १ गतेदेखि ७ गतेसम्म एक हप्तामा अनुसार ध्वनी प्रदुषण गर्ने २३ वटा बुलेट र क्रसफायरलाई नियन्त्रणमा लिएको हो ।
कास्की प्रहरीको नियन्त्रणमा रहेका २३ मोटरसाइकललाई कारवाहीका लागि यातायात व्यवस्था कार्यलय पठाएको कास्की प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण हुनेगरि सवारी नचलाउन अनुरोध गरेको छ ।
कसैले चलाएको देखेमा सय र १ सय ३ नम्बरमा सूचना दिनसमेत आग्रह गरेको छ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

