विन्ध्येश्वरी स्कुलमा त्रिदिवसीय कार्यक्रम सम्पन्न

पाेखरा | मंसिर ४, २०८१

विन्ध्येश्वरी स्कुलमा त्रिदिवसीय कार्यक्रम सम्पन्न

पोखरा:    पोखरा महानगरपालिका–१ स्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा आयोजित त्रिदिवसीय कार्यक्रम सम्पन्न भएको छ । 


विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शारीरिक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित तिनदिने खेलकुद प्रतियोगिताको आज तेस्रो दिनको प्रतियोगिताहरु सम्पन्न भएका हुन् । 


तेस्रो दिनको जुनियर छात्रतर्फ बास्केटबल प्रतियोगिताको अन्तिम खेलमा पहेँलो सदन प्रथम र रातो सदन द्वितीय भएका छन् । 


यस्तै सिनियर छात्रातर्फ बास्केटबल प्रतियोगितामा रातो सदन प्रथम र निलो सदन द्वितीय भएका छन् । भने छात्रतर्फ रातो सदन प्रथम र निलो सदन द्वितीय भएका छन् । 


यस्तै घैँटो फुटाउने खेलमा जुनियरतर्फ कक्षा ५ की अदिती तिमिल्सिना र सिनियरतर्फ कक्षा ६ का सफल खड्का प्रथम भएका छन् । 


टेबल टेनिस प्रतियोगितामा कक्षा ७ का सफल थापा प्रथम, कक्षा ८ का दिप्सन क्षेत्री द्वितीय र कक्षा ७ का प्रज्वल मल्ल तृतीय भएका छन् ।


उक्त त्रिदिवसीय खेलकुद प्रतियोगितामा विद्यालयले सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न तहगत रुपमा करिब २४ ओटा खेल आयोजना गरिएको थियो । 


सम्पूर्ण प्रतियोगिताहरु सदनात्मक र खुल्ला रुपमा खेलाइएको थियो । कार्यक्रमको समापन गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यार्थीको उत्साह एवम् सहभागिताले विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकास हुन सहयोग हुने कुरा बताए । 


कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न प्रत्यक्ष परोक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै खेलकुदमा विजेता हुने समूह एवम् विद्यार्थीलाई बधाई ज्ञापन गरे । 


विजेता विद्यार्थीलाई आगामी पौष ४ गते हुन गइरहेको विद्यालयको वार्षिकोत्सवमा पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।  


 

यो पनि पढ्नुहोस

 

पोखरा:  पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन ।  यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...

थप पढ्नुहोस्

काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

थप पढ्नुहोस्

काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...

थप पढ्नुहोस्