त्रिशुली नदीमा ट्रक खस्यो, चालकसहित ३ जनाको उद्धार

काठमाडाैं | मंसिर ४, २०८१

त्रिशुली नदीमा ट्रक खस्यो, चालकसहित ३ जनाको उद्धार तस्बिर फाइल

काठमाडौं:    धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० खयरघारीबाट एउटा ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा तीन जना घाइते भएका छन्। 

मंगलबार बिहान करिब ६ बजे पृथ्वी राजमार्गमा पर्ने रारोङ १० स्थित सडकबाट लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए।


‘दुर्घटना स्थलबाट चालकसहित तीन जनालाई उद्धार गरेर हामीले मझिमटारस्थित बिहानी फार्मेसीमा पुर्याएका छौँ,’ सिलवालले भने, ‘नवलपरासीबाट सामान लिएर काठमाडौँतर्फ जाँदै गरको ट्रक दुर्घटनामा परेको हो।’ 


दुर्घटनामा ट्रक चालक नवलपरासी पश्चिम घर भएकाका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापा र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङ घाइते भएका छन्।  


दुर्घटनाको कारण नखुले पनि ट्रक आफैँ अनियन्त्रित भई त्रिशूली नदीमा खसेको अनुमान प्रहरीले गरेको छ। 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्