बेनी नगरपालिकामा ३ सय योजना कार्यान्वयनमा
म्याग्दी | मंसिर ३, २०८१
म्याग्दी: म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ ।
गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय २ सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य ८ वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ ।
सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माण सम्बन्धि योजना छनौट भएका छन् । वडा स्तरीय १७ वटा योजना सम्पन्न भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।
रु ५ लाख सम्म बजेटका योजनाहरु वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको बेनी नगरपालिकाले १० वटा मध्य ७ र ८ नम्बर बाहेकका वडामा उपभोक्ता समिति गठन गरेर कार्यान्वयनका लागि अभिमुखीकरण गराएको छ ।
पूर्वाधार आयोजनाहरुका लागि रु १२ करोड ४३ लाख २५ हजार बजेट बिनियोजन भएकोमा साउन देखि कात्तिक महिनासम्म रु ४५ लाख ९६ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।
बेनी–अर्थुङ्गे तोरीपानी, बेनी–अर्थुङ्गे–पुलाचौर–भुतपानी, बेनी–लभ्लिहिल–ज्यामरुककोट, अर्थुङ्गे–पुलाचौर, महारानीथान–छाप डाडाखेत, बेनी–अुर्थङ्गे–तोरीपानी–पात्लेखेत सडक, खबरा र पुलाडाडा पुरुण्डी खानेपानी, रावण पार्क र जामुनाखर्क नमुना विद्यालय भवन बेनी नगरपालिकाको चालु आर्थिक वर्षमा सञ्चालित ठूला आयोजना हुन् ।
गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको खबरा खानेपानी, बेनी–अर्थुङ्गे–पुलाचौर–भुतपानी र बेनी–अर्थुङ्गे–तोरीपानी सडक योजना निर्माण सकिएको ईञ्जिनियर सुदिप गौतमले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगका २१ वटा योजना कार्यान्वयनको चरणमा छन् ।
न्यायिक समितिमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेरा आएको छ र नयाँ दर्ता भएका छ सहित १० वटा फस्यौट भएको र दुई प्रक्रियामा रहेका नगर उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो ।
रु ५ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको नगरपालिकाले पहिलो चौमासिकमा रु ८० लाख २७ हजार १८ हजार राजस्व संकलन गरेको छ ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

