वर्षासँगै किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई
काठमाडाैं | साउन ५, २०७९
काठमाण्डौँ: बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी छ ।
बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखाहरूमा रोपाइँ हुनसकेको थिएन । सुक्खा ठाउँमा भल छोपेर रोपाइँ गर्ने किसान लामो समयको खडेरीका कारण मर्कामा थिए । “पानी परेपछि राहत मिलेको छ”, जैमिनी नगरपालिका–९ का टङ्कप्रसाद शर्माले भन्नुभयोे ।
यसअिघ रोपाइँ सकेका किसान खेतमा धाँजा फाट्न थालेपछि चिन्तामा थिए । वर्षासँगै खहरेमा पानीको मात्रा बढेको र मूल बढेपछि रोपेको जमिनमा पानी लगाउन सहज भएको बागलुङ नगरपालिका–१२ का खगेश्वर घिमिरेले बताउनुभयो । असारको अन्तिम सातायता साउन ३ गतेसम्म भल चल्ने गरी बागलुङमा पानी परेको थिएन । किसान खहरे सुक्न थालेपछि उत्पादन घट्ने चिन्तामा थिए ।
असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बुढिएर रोप्नै नमिल्ने भइसकेको छ । वर्षासँगै भल छोपेरै भए पनि किसान रोपाइँ गर्न थालेका छन् । जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छ भने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ ।
जिल्लामा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुललगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएक...
गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दसैँतिहार मनाएका छन् ...
पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु देउसीभैलोमा रमाएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटकहरु स्थानीय आमा समूह, विद्यालय, युवा क्लबहरुले तिहारका अवसरमा आयोजना गरेको देउसीभैलोमा...