रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन

पाेखरा | साउन २७, २०८२

रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन

 पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थियो ।


अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको पर्खाल वाहिरको खाली जग्गामा स्थानीय पहलमा निर्माण गरिएको चौतारामा प्रदर्शन गरिएको लाखे नाच हेर्नका लागि विभिन्न स्थानबाट हजारौको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।


पोखराका नेवार समुदायले घण्टाकर्णदेखि श्रीकृष्ण जन्माष्टमी पर्वसम्म पन्ध्र दिन प्रदर्शन गरिने यो नाचमा विशेष गरि ढोलक भ्mयाम्टाको जिउनै थर्किने आवाजमा मुखुट लगाएका डरलाग्दा ठूला अनुहार र भ्mयाप्प परेको बाक्लो कपाल भएका रातो जामा र लुगा लगाएर घँगलाको आवाज निकाल्दै बजारमा लाखे प्रस्तुत गरिदै आएको छ । 


पछिल्लो समय यो नाचप्रति वालवालिका, युवा र जेष्ठनागरिक सहित तिनै पुस्ताको आकर्षण बढेको छ ।


मुखुण्डो लगायर कालिकाको वस्त्रसहित सिंगारेर लाखे नचाउने गरिन्छ । भूतप्रेत नलागोस र मरेको आत्माले दुःख नदिउन् भनी यो नाच देखाउने परम्परालाई जिवित राख्ने लक्ष्यका साथ लाखे प्रदर्शन गरिएको रातोपैह्रा लाखे खलःका संरक्षक ध्र्रुव कुमार ठुसाजुले जानकारी दिनुभयो ।


लाखे नाच प्रस्तुत गर्न आर्थिकरुपमा त्यती सहज नभएपनि विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोग रहदै आएको बताउँदै उहाँले भन्नुभयो, रातोपैह्रा लाखे खलःको लागि हालसम्म आवश्यक सामाग्री खरिदको लागि सात लाख भन्दा बढी खर्च भई सकेको छ ।


पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष राधिका शाही योगीले मैत्रीपूर्ण लाखे नाचको शुभारम्भ गर्दै संस्कृतिको संरक्षणमा पोखरेली नेवार समुदायले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । 
बजारमा गएर हेर्नुपर्ने लाखेनाच यस वर्ष रातोपैह्रामा प्रदर्शन गर्दा स्थानीय वासिन्दालाई सहज भएको उहाँको भनाई थियो ।


पोखरा ८ का पूर्व जनप्रतिनिधि एवम् नेवार समुदायका अग्रज कृष्णमान ठुसाजुले मल्लकाली युगमा काठमाडौ उपत्यकाबाट शुरु भएको लाखेनाच पछिल्लो समय मुलुकका नेवार समुदायको वसोवास भएका सवै स्थानमा प्रदर्शन हुने गरेको बताउनुभयो ।


काठमाडौं, भक्तपुर, ललितपुरका मल्ला राजाहरुले देवी–देवता पूजा र नगरको सुरक्षासंग सम्वन्धित धार्मिक, सांस्कृतिक कार्यक्रमहरुलाई प्रोत्साहन दिंदा लाखे नाचको परम्परा सुरु र स्थापित भएको किम्मदन्ति रहेको उहाँले बताउनुभयो ।


सफल सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रमा कुमारी नृत्य, विभिन्न समुदाय र तहका मिस नेपाल हुन सफल कलाकारहरुद्धारा मनोरञ्जन नृत्य प्रस्तुत गरिएको थियो । लाखे नाचमा युवादेखि बालकहरुको सहभागिताले संस्कृतिको पुस्तान्त्रणमा समेत सहयोग पुग्ने  यस क्षेत्रका जानकारहरुको सामुहिक धारणा रहेको छ ।
    
 

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्

काठमाडौँ:    वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् ।   राजनीतिक यात्राको आर...

थप पढ्नुहोस्

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

थप पढ्नुहोस्