आजबाट नागढुङगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

काठमाडाैं | कात्तिक २९, २०८१

आजबाट नागढुङगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

काठमाडौं:    नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ । 


नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।


सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुन जनाएको छ । 


उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ । यसैगरी २०÷२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । 


सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ ।

भक्तपुर:    प्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासङ्घको प्रतिनिधिमण्डलले आज भक्तपुरको ऐतिहासिक स्थल अवलोकन भ्रमण गरेका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासङ्घका उपाध्यक्ष छङ ...

थप पढ्नुहोस्

पोखरा भ्रमणमा आएका जापानको निगाता प्रान्तका सांसद एवम् व्यवसायीक प्रतिनिधहरुले पोखराका मेयर धनराज आचार्यसँगै गण्डकी प्रदेशका सांसदहरुसँग शिष्टाचार भेटघाट गरेका छन् ।    बुधबार पोखरामा आइपुगेका...

थप पढ्नुहोस्

काठमाडौं:      नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँछ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली आज स्वदेश फर्कन लागेको हो ।   &n...

थप पढ्नुहोस्