मर्दी फलोअप: तामाङको शव काठमाडौं पठाइयो

पाेखरा | कात्तिक २९, २०८१

मर्दी फलोअप: तामाङको शव काठमाडौं पठाइयो

पोखरा:   मर्दी हिमाल आरोहणका क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव काठमाडौं पठाइएको छ । 

 

पर्यटक गाइड तामाङलाई शवलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा ल्याएर आज एम्बुलेन्सबाट काठमाडौ लगिएको वडाध्यक्ष हरीबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए । 

 

‘मर्दी हिमाल आरोहणको क्रममा लडेर शनिबार मृत्यु भएको पर्यटक गाइड तामाङको शव मंगलबार मात्र काठमाडौंबाट आएको खोज तथा उद्धारको टोलीले फेला पारेको थियो’, वडाध्यक्ष क्षेत्रीले भने, ‘भौगोलिक तथा प्रतिकुल मौसमका कारण शवलाई दुर्घटनास्थलबाट तल झार्न नसकेपछि आज सिम्रिक एयरको सहयोगमा पोखरामा पठाएर त्यहाँदेखि एम्बुलेन्समा काठमाडौं लगिएको हो ।’
 

 

हेलिकप्टरमार्फत पोखरा झारिएको तामाङको शवलाई एम्बुलेन्सबाट काठमाडौं लगेर पोष्टमार्टम गरेर गृहनगर नुवाकोट नै लगेर अत्येष्टी गर्ने परिवारले जनाएको छ । 

 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा शनिबार तामाङको लडेर मृत्यु भएको थियो । 

 

मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका तामाङको शव मंगलबार काठमाडौंका आएको खोज तथा उद्धारको टोलीले दुर्घटनास्थल भन्दा २ सय मिटर तल फेला पारेको थियो । 

 

काठमाडौंको सनराइज कम्पनीबाट नर्वेली नागरिकलाई मर्दी हिमाल आरोहण गराउने र आफु पनि हिमाल आरोहण योजनासहित आएका तामाङको आरोहणको क्रममा लडेर मृत्यु भएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । 

 

उनीहरुको टोलीमा एक नर्वेली नागरिकसहित ४ जना नेपालीको समूह रहेको थियो । 


 

यो पनि पढ्नुहोस

 

 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्