ठगीको अभियोगमा ३ पक्राउ
काठमाडाैं | कात्तिक २७, २०८१
फाइल तस्बिर
काठमाडौँ: वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिरूवा गाउँपालिका–१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका–९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका–१० झापा घर भई कामपा–२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जनाबाट रु ८ लाख २५ हजार, बुढाले बेलायत पठाइदिन्छु भन्दै १ जनाबाट रु २ लाख र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै १ जनाबाट रु २ लाख २५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित गीता जोशीको घरमा जुवातास खेलिरहेको अभियोगमा ८ जनालाई गए राती प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूको साथबाट नगद रु ७९ हजार ४ सय ६५ रूपैयाँ र ८ बुक ताससमेत बरामद गरेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

