सुनगाभा न्यूजको सम्पादकमा गाहामगर नियुक्त
पाेखरा | कात्तिक २५, २०८१
पोखरा: पोखराबाट सञ्चालित सुनगाभा न्यूज डटकमको सम्पादकमा अर्जुन गाहामगर (सुशान्त) नियुक्त भएका छन् ।
भिजन गण्डकी नेटवर्क प्रालिद्धारा सञ्चालित सुनगाभा न्यूजको सम्पादकमा गाहामगर आज (आइतबार) नियुक्त भएका हुन् ।
गाहामगर यसअघि सुनगाभा न्यूजको समाचार प्रमुखका रुपमा कार्यरत थिए ।
यस्तै संस्थाको बजार व्यवस्थापकमा कृष्ण शर्मा नियुक्त भए । सम्पादक गाहामगर र बजार व्यवस्थापक शर्मालाई भिजन गण्डकी गण्डकी नेटवर्क प्रालिका अध्यक्ष किसान सुनारले खादा लगाएर बधाई ज्ञापन गरे ।
सुनगाभा न्यूजको सम्पादकमा नियुक्त भएका गाहामगर काठमाडौंबाट सञ्चालित एबिसी न्यूज टेलिभिजनमा पोखरा संवाददाताका रुपमा विगत ७ वर्षदेखि कार्यरत थिए ।
गाहामगर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका सचिवसमेत हुन् ।

पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

