रवि लामिछानेलाई आज चौथों पटक अदालत लगिदैं
आज पनि रास्वपाको प्रदर्शन
पाेखरा | कात्तिक २५, २०८१
पोखरा: पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज चौथोंपटक कास्की जिल्ला अदालत लगिदैं छ ।
लामिछानेविरुद्ध तेस्रो पटक थपिएको म्याद सकिएपछि कास्की प्रहरीले आज फेरि अदालत उपस्थित गराउने भएको हो ।
अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० यसअघि तेस्रो पटक १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो ।
उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ ।
आज पनि रास्वपाको प्रदर्शन
लामिछानेको पक्षमा रहेका उनका कार्यकर्ताले आजा पनि विरोध प्रदर्शन गर्ने भएको छ ।
रास्वपाले १० बजे जिरोमा जम्मा भएर वाइचोकमा पुगेर सभा आयोजना गर्ने बताएको छ ।
अन्य दिन धर्ना दिदैं आएपनि उनलाई अदालत लाने दिन भने विरोध प्रदर्शन नै गर्दै आएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

