पोखरामा ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तक विमोचन
नारायण गोपालको जीवनीमा चलचित्र बनाउने सायमीको घोषणा
पाेखरा | कात्तिक २५, २०८१
स्वरसम्राट नारायण गोपालको जीवनी सम्बन्धि पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को शनिबार पोखरामा विमोचन गरिएको छ ।
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा शनिबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, बष्ठि साहित्यकार सरुभक्त, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, बरिष्ठ लोक गायीका हरिदेवी कोईराला, सूचना आयोगकी नवनियुक्त आयुक्त दुर्गा भण्डारी, हारमोनी अध्यक्ष ईतु जोजिजु, एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङसहित लेखक तथा अध्येता प्रकाश सायमीले एकसाथ पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकको विमोचन कार्यक्रममा बोल्दै लेखक तथा अध्येता सायमीले स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गरे ।
पचासको दशकमा सुपरहिट चलचित्र दिएर दर्शकको मनमुटुमा बसिसकेका उनले कालजयी गीतका गायक स्वरसम्राट नारायणगोपालको जीवनीसम्बन्धी बायोपिक चलचित्र बनाउने घोषणा गरेका हुन् ।
सायमीले पचासको दशकमा ‘सिमाना’लगायतका चर्चित चलचित्रहरु निर्माण गरेका थिए । पछि रेडियो कर्ममा लागेपछि उनले चलचित्र निर्माणबाट विश्राम लिए । तिनै सायमीले करीब तीन दशकपछि चलचित्र बनाउने घोषणा गर्दै भने,‘म आफैले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ चलचित्र बनाउँदैछु । सोहि चलचित्रमार्फत चलचित्र निर्देशनमा म कमब्याक गर्दैछु ।’ उनले आफूले चलचित्र निर्देशन नछाडेको बरु केहि विश्राम लिएर पुनः फर्किन लागेको स्पष्ट पारे ।
पुस्तक विमोचन कार्यक्रममा एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठसँग अन्र्तक्रियात्मक सम्वाद गर्दै लेखक तथा अध्येता सायमीले पुस्तक सत्यतामा आधारित रहेको दाबी गरे । बायोपिक पुस्तकमा आंशिक सत्यतामात्रै हुन्छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नको जवाफ दिदै उनले भने,‘अरुको मलाई थाहा भएन तर मैले लेखेको ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तकमा उहाँको ९९ प्रतिशत सत्य छ ।’ पुस्तकमा उनले नारायणगोपालको जन्म काठमाडौंमा नभई सिराहामा भएको, उहाँको श्रीमती पेमलाले नारायणगोपालको मृत्यूपश्चात आफ्नै श्रीमानले गाएको गीतपनि नचिनेको, आफूमाथि आक्रमण गर्नेको नाम गोप्य राखेकोजस्ता विषयहरुपनि समावेश गरिएको छ ।
पुस्तकका लेखक सायमीले स्वरसम्राट नारायणगोपालको पोखरासँग गहिरो सम्बन्ध रहेको बताए । पेमलासँगको विहेपछि सिधै पोखरा आएको, कवि भुपी शेरचनसँगको निकटतालगायतका कारणलेपनि नारायणगोपाल पोखरासँग निकट रहेको पुष्टि हुने उनको दाबी छ ।
पोखरामा गरिएको पुस्तक विमोचन आफ्नो गृह विमोचन भएको बताए । साठीको दशकको अन्त्यतिर पोखरामा एफएमको स्टेशन म्यानेजर भएर आएका उनले स्मृति ताजगी गर्दै भने,‘पोखरासँग मेरो छुट्टै अट्याचमेन्ट छ । म पोखरा आएर झनै अग्लिएँ । थप स्थापित भएँ अनि न्यानो माया पाएँ ।’
कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार सरुभक्तले सायमीको पुस्तक अनुसन्धानको एउटा दस्तावेज भएको बताए । उनले भने,‘अनुसन्धानमा समर्पित सायमीको यो पुस्तक जीवन्त पुस्तकमध्येको एक हो ।’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पुस्तक पठनीय रहेको बताए । उनले भने,‘जगदीश घिमिरेको आत्मवृतान्तपछि सायमीको स्वरसम्राट नारायणगोपाल पठनीय पुस्तकका रुपमा आएको छ ।’
बरिष्ठ लोक गायीका हरिदेवी कोइरालाले साहित्य, संगीत र नाटकमा सायमीको योगदान अतुलनीय रहेको बताईन् । त्यसको एक अंश स्वरसम्राट नारायणगोपाल पुस्तक रहेको भन्दै उनले भनिन्,‘उहाँको कारण नारायणगोपाललाई थप अजम्बरी बनाउन सघाएको छ ।’ उनले सायमीलाई पोखरेली भन्न मन लाग्ने र पोखरेली भन्दा गर्व लाग्नेपनि बताईन् ।
कार्यक्रममा बरिष्ठ पत्रकार बद्रीविनोद प्रतीक, टीकाबहादुर कार्कीलगायतलेपनि स्वरसम्राट नारायणगोपाल र लेखक प्रकाश सायमीको व्यक्तित्व र पोखरासँगको सम्बन्धबारे बोलेका थिए ।
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लब पोखराले देउसी भैलोबाट संकलितमध्ये केही रकम वृद्धाश्रम र मृगौला पीडितलाई सहयोग गरेको छ । पोखरा महानगरपालिका २७ स्थित श्रीकृष्ण प्रणाली म...
काठमाडौं: नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) ले उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज बसेको बोर्ड बैठकले कात्तिक २५ ग...
काठमाडौँ: निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सकारात्मक वातावरण तयार गर्न आमसञ्चार माध्यमलाई आह्वान गरेको छ । आयोगले सबै आमसञ्चार प्रतिष्ठान तथा सार्वजन...