एक वर्षमा भारतबाट १ अर्ब ३७ करोडको मेहन्दी आयात
पाेखरा | साउन ४, २०७९
नेपालमा साउन लागेसँगै महिलाहरुको रोजाइमा पर्छ मेहन्दी ।
हात, खुट्टालगायतको भागमा लगाइने मेहन्दी देशकै विभिन्न भागमा पाइने फुल र बोट बिरुवाबाट बनाइँदै आएपनि पछिल्लो समय भारतबाट रेडिमेड झिकाउन थालिएको छ ।
वर्षमा प्रायः एकपटक लगाइने मेहन्दी भारतबाट झिकाउँदा अर्बभन्दा बढी मुद्रा बाहिरिने तथ्य सार्वजनिक भएको छ । भारतीय वाणिज्य विभागको तथ्यांकअनुसारल यस आर्थिक वर्ष ०२१/२२ मा भारतले १ अर्ब ३७ करोड रुपैयाँ बराबरको मेहन्दी निर्यात गरेको छ ।
यद्यपि, भारतले निर्यात गर्ने मेहन्दीको बजारमा नेपाल दोस्रो स्थानमा पर्दछ । तथ्यांकका अनुसार मेहन्दी निर्यातको पहिलो बजार अमेरिका रहेको छ ।
भारतको मेहन्दी निर्यातमा नेपालले ११ दशमलव ९१ प्रतिशत हिस्सा ओगटेको जनाइएको छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

