टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए

पाेखरा | माघ २४, २०८२

टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (शनिबार) ८ खेल सकिएका छन् ।

 

बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा पहिलो चरणका ८ खेल सकिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले बताए ।

 

उनका अनुसार शनिबार भएको पहिलो खेलमा एन्जो ग्रुपले टुंडिखेललाई २–० गोल अन्तरले पराजित गर्याे । 

 

यस्तै दोस्रो खेलमा राइजिङ नेपाललाई रामघाटले ठमेल २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा सुदिन गुरुङले २ गोल गरे भने, राइजिङ नेपालका लागि सन्तोष मगरले सान्त्वना १ गोल फर्काए ।

 

तेस्रो खेल लिभिक एफसीको अनुपस्थितीमा वाकओभरमार्फत तालपारी विजयी बन्यो । 
 

 

बेस्ट ब्वाइज क्लब र भिमकाली क्लबबीच भएको चौथों खेल गोलरहित भएपछि पेनाल्टीमा बेस्ट ब्वाइज क्लबले ४–३ गोल अन्तरले जीत निकाल्यो ।\

 

 

पाँचौ खेलमा स्याङ्जा युथ क्लबले फूलबारी क्लबलाई २–० को गोल अन्तरले पराजित गर्याे ।  स्याङ्जाको जीतमा  समिर पुरीले २ गोल गरे ।

 

छैटौं खेलमा एसटिबिएस एफसीलाई लभ्ली ब्वाइजले ४–२ गोल अन्तरले पराजित गर्याे । लभ्ली ब्याइजको जीतमा स्वचन थापा, सविन थापा, अन्जन थापा र रोहित नेपालीले समान १र१ गोल गरे । भने, एसटिबिएसका लागि विवेक गुरुङले २ गोल गरे ।

 

यस्तै आयोजक बिटी टिम बि र कल्याण बेसी लमजुङबीच भएको सातौ खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा आयोजकले ३–२ गोल अनतरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक निकेश गुरुङले जानकारी दिए । 

 

उनका अनुसार शनिबारको अन्तिम खेलमा फायर पिज्जाले भाइब्रेन्टलाई ४–१ को फराकिलो गोल अन्तरले हरायो ।

 

फायर पिज्जाको जीतमा मनिस ठकुरीले ह्याट्रिक र सुवास गुरुङले १ गोल गरे । भने, भाइब्रेन्टका लागि खगेन्द्र पुनले समान्त्वना १ गोल गरे ।

 

आइतबार पनि बिहान ८ बजेबाटै पहिलो चरणकै खेल हुने क्लबका सल्लाहकार विनिता गुरुङले जानकारी दिइन् । उनका अनुसार आइतबार पहिलो खेल सम्झना क्लब नयाँगल्ली र दीप युनाइटेडबीच हुनेछ । 

 

प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए । 

 

सापकोटाका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ ।

 

यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् । 

 

यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्