मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी

काठमाडाैं | कात्तिक २१, २०८१

मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी

काठमाडौँः  आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअनुसार देशको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले क्यानडाको मन्ट्रियलमा आयोजित अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी भएको छ । 


यही कात्तिक १६ देखि १८ गतेसम्म पालिस डेस कङ्ग्रेसमा आयोजित ३४ औँ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालको पर्यटन प्रगवद्र्धनसम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो ।


ओटावास्थित नेपालको राजदूतावासले पालिस डेस सम्मेलन केन्द्रमा एकल प्रदर्शनीकक्ष खडा गरेर नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने प्रवद्र्धनात्मक वृत्तचित्र र अन्य प्रचारात्मक सामग्री प्रदर्शन गरिनुका साथै ती सामग्री आगन्तुकहरूलाई प्रदान गरिएको थियो । 


उक्त दूतावासका अनुसार नेपाल प्रदर्शनीकक्षमा हस्तकला, काष्ठकला, थान्का, पश्मिना सल,चिया, कफीलगायत नेपालका प्रमुख निर्यातजन्य सामग्री प्रदर्शन गरिएका थिए ।


ठूलो सङ्ख्यामा नेपालकक्षमा आएका आगन्तुकहरूले रुचिपूर्वक प्रदर्शनीको अवलोकन गर्नाका साथै नेपालका उत्पादन तथा पर्यटकीय गन्तव्यबारे जानकारी लिएका थिए । 
 

विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...

थप पढ्नुहोस्

पोखरा:  माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रेको केन्द्र–४,लाहाचोकमा बुधवार देखि चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला म...

थप पढ्नुहोस्

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्