पोखराको बगालेटोलमा मृत भेटिइन् ‘सुमना’

कास्की | साउन १, २०७९

पोखराको बगालेटोलमा मृत भेटिइन् ‘सुमना’

कास्की:  पोखरा महानगरपालिका ८ स्थित बगालेटोलमा २२ वर्षिया सुमना खनाल मृत भेटिएकी छिन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार उनी रेलिङमा सलले पाँसो लगाएको अवस्थामा मृत भेटिएकी हुन् ।

 

मृतक खनालको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए । ‘मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ, तिवारीले भने, ‘शवको अवस्था शंकास्पद थिएन ।’

 

डिएसपी तिवारीका अनुसार मृतकका श्रीमान नेपाली सेनामा कार्यरत छन् । खनाल पोखरा बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत थिइन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्