महानगरपालिका गेटमा मध्यरात एटीएम फोड्ने पुन पक्राउ

पाेखरा | साउन १, २०७९

महानगरपालिका गेटमा मध्यरात एटीएम फोड्ने पुन पक्राउ

पोखरा महानगरपालिकाको मूलगेटसँगै राखिएको एनआइसी एसिया बैंकको एटीएम (अटोमेटेड टेलर मसिन)बाट चोरी गर्ने उद्देश्यले मेसिन फोड्ने सिताराम पुन मगर (नारायण) पक्राउ परेका छन् । 

 

रोल्पाको सुनसरी गाउँपालिका स्थायी ठेगाना भएका १९ वर्षे पुनले शुक्रबार मध्यरातको साढे १२ बजे एटीएम मेसिन फोडेका थिए । मेसिन फोडेर फरार पुनलाई शनिबार सिआरभी प्रहरीले अमरसिंह आसपासबाट पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डिएसपी युवराज भण्डारीले जानकारी दिएका छन् । 

 

पुनलाई सिसिटीभी फुटेजको आधारमा पहिचान गरी पक्राउ गरिएको हो । फुटेजमा देखिए अनुसार उक्त कार्यमा थप २ जनाको संलग्नता देखिएको छ । यद्यपि, उनीहरु पक्राउ परेका छैनन् । 

 

मेसिन तोडफोड गरेपनि नगद सुरक्षित रहेको डिएसपी भण्डारीले बताए । पुनलाई हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान सुरु गरिएको छ । 

मुस्ताङ:  हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...

थप पढ्नुहोस्

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्।  त्रिविबाट यस नर्ष स्ना...

थप पढ्नुहोस्

काठमाडौं:  कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

थप पढ्नुहोस्