पोखरामा एमाले महासचिवले भने – कालो धन सेतो बनाउन नदिँदा गभर्नरमाथि आक्रमण
पाेखरा | साउन १, २०७९
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नर महाप्रसाद अधिकारीको बचाउ गरेका छन् ।
प्रेस चौतारी गण्डकी प्रदेश समितिले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै महासचिव िपोखरेलले कालो धन राखेर छट्पटाएकाहरुले गभर्नर अधिकारीलाई हटाउ अनेक प्रपञ्च गरेको दाबी गरे ।
‘कालो धनलाई सेतो बनाउन नदिने अडानमा रहेका गर्भनरलाई हटाउन अनेक प्रयास भइरहेको छ’ पोखरेलले भने ‘स्वार्थी समूहको योजना अधिकारी रहुञ्जेल सफल नहुने भएपछि उनलाई हटाउँन खोजिएको छ ।’
एमालेलाई 'एम अधिकारी को हुन् ?' भनेर सोधिएपछि पार्टीले विज्ञप्तीमार्फत स्पष्टरुमा व्यक्ति खुलाइसकेको भन्दै सोही भनाइ नै आधिकारिक भएको उनले प्रष्ट्याए ।
लुम्विनी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले नेपालको अर्थतन्त्र सुधान गर्न खोज्दा गर्भनरमाथि चौतर्फी आक्रमण भएको धारण राखेका छन् ।
सोहीक्रममा उनले गठबन्धनकै कारण मुलुक संकटको भुँमरीमा फँस्दै गएको धारणा राखे ।
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...
काठमाडौं: क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म ...
काठमाडौं: निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरे...

