पोखरामा ६ जुवाडे १ लाख ८८ हजार बढी नगदसहित पक्राउ

पाेखरा | कात्तिक १, २०८१

पोखरामा ६ जुवाडे १ लाख ८८ हजार बढी नगदसहित पक्राउ

पोखरा:    पोखरा ड्यामसाइडस्थित होटल स्याण्डी ब्लुममा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


प्रहरीले होटलमा जुवातास खेलिरहेका ६ जनालाई १ लाख ८८ हजार ४ सय २६ रुपैयाँसहित सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


पक्राउ पर्नेमा होटलका रेखदेख गर्ने जिम्मेवारी प्राप्त गर्ने स्याङ्जाको गल्याङ नगरपालिका–४ घर भई पोखरा–१७ बस्ने ३८ वर्षीय नविन थापा, स्याङ्जाको पुतलिबजार नगरपालिका–७ स्थायी घर भई पोखरा–१० बस्ने ४० वर्षीय भेष बहादुर गुरुङ छन् । 


यस्तै पोखरा महानगपालिका–१२ बस्ने ४३ वर्षीय शंकर थापा, पोखरा–१७ बस्ने ५३ वर्षीय शावित्री गुरुङ पुन, कास्कीको माछापुच्छ«े गाउँपालिका–२ घर भई पोखरा–७ बस्ने ३९ वर्षीय दुर्गा गुरुङ र पोखरा–१७ बस्ने ४९ वर्षीय आईती गुरुङलाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 


पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट जुवा सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्...

थप पढ्नुहोस्

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...

थप पढ्नुहोस्

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्