विजयपुरदेखि बैदामक्षेत्रसम्म आज ३ घण्टा लाइन नआउने

भोलि न्यूरोड र रामबजार क्षेत्रमा लाइन नआउने

पाेखरा | असोज २१, २०८१

विजयपुरदेखि बैदामक्षेत्रसम्म आज ३ घण्टा लाइन नआउने

पाेखराका विभिन्न ठाउँमा आज र भोलि अर्थात् सोमबार र मंगलबार दिउँसो १ देखि ४ बजेसम्म लाइन नआउने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।

 

पोखरा ग्रिड महाशाखा अन्तर्गत कुँडहर १३२/११ केभी सब स्टेसनमा रहेको ११ केभी बसबार तथा ब्रेकर प्यानलहरू मर्मत सम्भार कार्यको लागि सो सब स्टेसन रहेको पावर ट्रान्सफर्मर बन्द गरी कार्य गर्नु पर्ने भएकाले ती ठाउँहरुमा लाइन नआउने भएकाे हाे ।

 

केन्द्रले जारी गरेकाे सूचनाअनुसार आज सोमबार अन्तर्राष्ट्रिय विमानस्थल, विजयपुर, सिटी एरिया, गलेश्वर, टास्क हाइड्रो, तातोपानी, पोखरा ‌औद्योगिक क्षेत्र, पुरानो विमानस्थल, फेवा फिड र वैदाम क्षेत्रमा दिउँसो १ देखि दिउँसो ४ बजेसम्म लाइन आउने छैन ।

 

यसैगरी भोलि (मंगलबार) सेती इन्कमर, फेवा इन्कमर, आर्वा, सराङकोट, सहिदचोक, न्युरोड र रामबजार क्षेत्रमा लाइन नआउने बताएकाे छ ।

 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्