प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडाैं | असोज ११, २०८१

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं:    प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ ।

    
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान भइरहेका छन् । भद्रपुर, सिमरा, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा आज कुनैपनि उडान नभएका बताउँदै विराटनगरतर्फ दिउँसो ३ बजेदेखि नियमित उडान भइरहेका उहाँले जानकारी दिनुभयो ।

    
अन्तर्राष्ट्रियतर्फ पनि दुई विमान करिब एक घण्टा ‘होल्ड’मा परेर अवतरण गरेका प्रवक्ता शेर्पाले बताउनुभयो । भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइरहेको इण्डिको एयरलाइन्सको विमान र थाइल्याण्डको बैंककबाट आएको थाई एयर होल्डमा परेका बताउँदै अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ढिलाइ (डिले) भएका उहाँले जानकारी दिनुभयो । अन्तर्राट्रिय उडान भने अहिले नियमित भइरहेका छन् ।
 
    
लगातारको वर्षाले भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा ‘इन्ट्रमेन्ट फ्लाइट रुल्स’ ९आइएफआर० उडान मात्रै भइरहेका प्रवक्ता शेर्पाले बताउनुभयो । मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान ९माउन्टेन फ्लाइट० नभएका एयरलाइन्सले जनाएका छन् ।

    
देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै भारतको उत्तरमध्य महाराष्ट्र तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले मौसममा बदली हुनुका साथै वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्