सुनको मूल्यमा ५ सयले वृद्धि

काठमाडाैं | असोज ११, २०८१

सुनको मूल्यमा ५ सयले वृद्धि

काठमाडौँ:  लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।

 

तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ ।

 

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ ।

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्