गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम
पाेखरा | असोज ५, २०८१
पोखरा: गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिवार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा थमन थापा, मनिष श्रेष्ठ, विनोद गुरुङ, रविन्द्र तझ्या, विक्रम केसी, निरु भट्टराई, समिक्षा वुढाथोकी, विशाल पुन र दिलिप गुरुङ चयन हुनु भएको छ ।
यसैगरी कास्की जिल्ला जिम्न्याष्टिक संघको विशेष साधारण सभाले सोमबहादुर साईको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्षमा एनशोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा सुर्वणराज पन्त, सहकोषाध्यक्षमा सरस्वती साई चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा रोषन पुन, सेजल जोजिजु, मिनबहादुर थापा, अंशु शेर्पा, दिपेश राना, रामबहादुर क्षेत्री, कमला गुरुङ र वालकुमारी गुरुङ चयन हुनुभएको छ ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक गण्डकी प्रदेश जिम्न्याष्टिक संघका सल्लाहकार केशवशरण पौडेल तथा गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठक, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य राजन वड्गामीले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले जिम्न्याष्टिक संघको क्रियाशिलताले सुस्ताएको खेलले गतिशिलता पाएको बताउनुभयो ।
‘स्रोत र साधान कम छ तर काम धेरै गर्नुपर्नेछ’ उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘भएका स्रोत र सधानलाई प्रयोग गर्दै खेललाई विस्तार गर्न यहाँहरुको भूमिका महत्वपूर्ण रहेको छ ।’
गण्डकी प्रदेश खेलकुद परिषद् यहाँहरुले गरेका कार्यक्रममा सहयात्र गरेर अघि वढ्न तयार रहेको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठकले १० औ राष्ट्रिय खेलकुद महोत्वसवलाई ताकेता गरेर खेलाडि उत्पादन गर्न संघलाई आग्रह गर्नुभयो ।
कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख सुनबहादुर लामाले सवै खेलको मदर खेलको रुपमा जिम्न्याष्टिक रहेकोले जिम्न्याष्टिक खेल खेलाउनका लागि व्यवस्थित हलको आवश्यकता रहेको औल्याउनुभयो ।
गण्डकी प्रदेश जिम्न्याष्टिक संघका सल्लाहाकार केशवशरण पौडेलले संस्था गठन भएको छोटो समयमा उत्कृष्ट कार्य गरेको बताउनुभयो ।
गण्डकी प्रदेश जिम्न्यनष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु केसीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
पोखरा: पोखरामा केही दिन यता फोहोर उठ्न नसकेपछि महानगरपालिकाले आज एक सूचना जारी गर्दै फोहोर मैला व्यवस्थापन गर्ने सन्दर्भमा केही व्यवधान उत्पन्न भएको जनाएको छ । पोखरामा केही दिन यता नियमित फो...
पोखरा: पोखरा महोत्सवबाट २५ सयमा मुक्तिनाथको यात्रा गराउने भएको छ । यात्रुहरुलाई निशुल्क खाना र खाजाको समेत ब्यवस्था मिलाइने छ । पोखराको अमरसिंह चौरमा जारी १४ औं पोखरा महोत्सव स्थलबाट पोखराद...
पोखरा: पोखरामा भएको मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ । मनोहर क्लबको आयोजनामा पोखरा–१४ मनकामना टोलको खेल मैदानमा शनिबार भएको फाइनल ख...

